काठमाडौं- आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंमा एक वषको अवधिमा १ लाख २२ हजार बढीले सेवा लिएका छन्।
आर्थिक वर्ष २०७९/८० को चैतसम्म १ हजार २२ हजार २७१ जनाले सेवा लिएका हुन्। जसमध्ये ४८ हजार ७५४ जनाले ओपिडी, १ हजार ८९२ जनाले एक्सरे, १ हजार ९०१ जनाले युएसजी, १८ हजार १०२ जनाले प्याथोलोजी सेवा लिएका छन्।
२२ हजार ५३६ जनाले अकुपञ्चर थेरापी, ८ हजार ८६९ जनाले पञ्चकर्म सेवा लिएको चिकित्सालयका निर्देशक डा प्रदिप केसीले जानकारी दिए। सोही अवधिमा ७२८ जनाले भर्ना भएर सेवा लिएका छन्। सेवा लिनेमा ५० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति धेरै भएको डा केसीले बताए।
यअसघि आर्थिक वर्ष २०७७/७८ वर्षमा १ लाख ३४ हजार ८७८ र २०७८÷७९ मा १ हजार ४६ हजार १३३ जना बिरामीले सेवा लिएका थिए।