काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
मानब अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा शुशील नाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एक वर्ष भरी केन्द्रमा भएको प्रगति विवरण केन्द्रका कार्यकारी निर्देशकले प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा केन्द्रले एक बर्षमा प्रदान गरेका सेवाहरुको विषयमा समिक्षा समेत भएको थियो।
उक्त कार्यक्रममा बिरामीको प्रतिनिधित्व गर्दै मिर्गौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मिर्गौला सरोकार समाजका अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचरीहरुले बिरामीको उपचारमा पु¥याएको सेवाको प्रशंसा गरे।
उक्त कार्यक्रममा सुभकामना मन्तव्य दिँदै वोर्डका सदस्य प्रेम प्रकास उप्रेतीले केन्द्रमा कार्यरत सम्र्पुण कर्मचारीरुको मेहनत र परिश्रमको कदर गर्नुपर्ने बताए।
कार्यक्रमा केन्द पुर्ब अध्यक्ष एबमा प्रमुख अतिथि शुसिल नाथ प्याकुरेलले आफ्नो पालामा भर्खरै सुरु भएको केन्द्रलाई विकास गरी हालको अवस्थासम्म ल्याउनको लागि आँफू सँधै लागी परेको बताए।
केन्द्रको प्रगतीमा केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएको उनको भनाई छ।