काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौँ नाम दर्ता परीक्षा (लाइसेन्स) को व्याचलर तर्फ ४३ दशमलव २९ प्रतिशत स्वास्थ्यकर्मी उत्तीर्ण भएका छन्।
परिषद्ले बुधबार लिएको परीक्षामा सहभागी ८५० जनामध्ये ३६८ (४३.२९ प्रतिशत) जना उत्तीण भएका हुन्। बाँकी ४८२ जना अनुत्तीर्ण भएको परिषद्ले जनाएको छ।
यस्तै, मास्टर्स तर्फको परीक्षामा ३२ दशमलव १८ प्रतिशत उत्तीर्ण भएका छन्। ८७ सहभागीमध्ये २८ जना उत्तीर्ण र ५९ जना अनुत्तीर्ण भएको परिषद्ले जनाएको छ।
परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
हेरौं नतिजा: