काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीलाई आन्दोलनरत विद्यार्थीहरुले आफ्ना मागका विषय सुनिदिन अनुरोध गरेका छन्। विद्यार्थीहरुले डा केसीको माग अनुसार नै विद्यार्थीहरुले योग्यताक्रम अनुसार नै भर्ना प्रक्रिया अगाडि बढाउन माग गरेको भन्दै विद्यार्थीको कुरा सुनिदिन आग्रह गरेका हुन्।
केही दिन अघि चिकित्सा शिक्षा आयोग परिसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का विद्यार्थीहरुले ढुंगामुढा र राँके जुलुस गरेपछि डा केसीले विज्ञप्ति निकाल्दै त्यसको विरोध गरेका थिए। डा केसीले राजनीतिक दलका विद्यार्थी संगठनका नाममा आयोग परिसरमा गुण्डागर्दी र आगजनी भएको भन्दै त्यस्तो दण्डनीय अराजकताका लागि विधिको शासन भएको राज्यमा कुनै छुट हुनु नहुने बताएका छन्। तत्काल त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनअनुसार दण्डित गर्न उनले जिल्ला प्रशासन र नेपाल प्रहरीको ध्यानाकर्षण गराएका थिए।
सो क्रममा डा केसीले पछिल्लो समय चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति ध्यानाकर्षण भएको जनाएका थिए। 'लामो संघर्षपछि २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएको हो र त्यसै अन्तर्गत चिकित्सा शिक्षा आयोग स्थापना भएको हो। स्थापना भएयता आयोगले चिकित्सा शिक्षा सुधारका लागि निरन्तर काम गरिरहेको छ,' केसीले भनेका छन्, 'मेडिकल माफियाहरुले निरन्तर आयोग र त्यसका पदाधिकारीहरुमाथि निराधार भ्रम फैलाउने र आक्रमण गर्ने गर्दै आएका छन्।'
डा केसीको उक्त विज्ञप्तिपछि विद्यार्थीहरुले आफ्नो पक्षमा पनि बोलिदिन आग्रह गरेका हुन्। उनीहरुले डा केसीकै संघर्षपछि नै चिकित्सा शिक्षा ऐन जारी भएको र धेरै परिवर्तन सम्भव भएको कुरा स्मरण गराउँदै आयोगले विद्यार्थीहरुलाई पेलेर जान खोजेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
आन्दोलनरत विद्यार्थीहरुले आयोगले चिकित्सा शिक्षामा सुधार गर्नुको सट्टा विभिन्न तरीकाले विद्यार्थीहरुलाई विवश बनाइ पेल्न खोज्नुले आयोगका पदाधिकारिहरुको नियतमाथी नै गम्भीर प्रश्न उठेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
'डा. गोविन्द केसीको लामो संघर्षपछि २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएको हो र त्यसै अन्तर्गत चिकित्सा शिक्षा आयोग स्थापना भएको हो। अयोग को स्थापनाले नेपाली स्वास्थ्य शिक्षा प्रणालीमा व्यापक सकारात्मक परिवर्तनको ढोका खोलेको कुर जगजाहेर नै छ। तर पछिल्लो केहि समय यता आयोगले चिकित्सा शिक्षामा सुधार गर्नुको सट्टा विभिन्न तरीकाले विद्यार्थीहरुलाई विवश बनाइ पेल्न खोज्नुले आयोगका पदाधिकारिहरुको नियतमाथी नै गम्भीर प्रश्न उठेको छ,' विज्ञप्तिमा भनिएको छ।
विद्यार्थीहरुले योग्यताक्रम अनुसार नै भर्ना प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। उनीहरुले आयोगले ऐन र नियमावलीसँग बाझिएको योग्यता विपरित भर्ना भइरहेको भन्दै विरोधका कार्यक्रम गरिएको जनाएका छन्।
डा केसीको विज्ञप्तिपछि विद्यार्थीहरुले आफ्नो धारणा सार्वजनिक गर्दै निकालेको विज्ञप्तिमा उनीहरुले डा केसी झैं नेपालमै सेवा गर्छु भन्ने विद्यार्थीहरु योग्य भएर पनि आयोगको बदनियतका कारण निरास भइरहेको विषय पनि उल्लेख गरेका छन्।
'हालसालै भएको एमडी/एमएस को परिक्षामा ऐन र नियमावली सगैँ बाझिएको योग्यता विपरीत भर्ना भएको कुरालाई सडक देखि सदन सम्मनै ध्यान आकर्षण भएको छ । अदालतको फैसला भइसक्दा पनि आयोगले मेरिटमा भर्ना नगरे पछी , नेपाल मै गोविन्द केसी झैँ सेवा गर्छु भन्ने विद्यार्थीहरु आफु योग्य भए पनि बद्नियतको साथ भर्ना हुन बाध्य गराईएको र अपग्रेड नै हुन नदिएको कारण निकै निरास भएका छन्,' विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्तिको पूर्ण पाठ
डा. गोविन्द केसीको लामो संघर्षपछि २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएको हो र त्यसै अन्तर्गत चिकित्सा शिक्षा आयोग स्थापना भएको हो। अयोग को स्थापनाले नेपाली स्वास्थ्य शिक्षा प्रणालीमा व्यापक सकारात्मक परिवर्तनको ढोका खोलेको कुर जगजाहेर नै छ। तर पछिल्लो केहि समय यता आयोगले चिकित्सा शिक्षामा सुधार गर्नुको सट्टा विभिन्न तरीकाले विद्यार्थीहरुलाई विवश बनाइ पेल्न खोज्नुले आयोगका पदाधिकारिहरुको नियतमाथी नै गम्भीर प्रश्न उठेको छ।
हालसालै भएको MD/MS को परिक्षामा ऐन र नियमावली सगैँ बाझिएको योग्यता विपरीत भर्ना भएको कुरालाई सडक देखि सदन सम्मनै ध्यान आकर्षण भएको छ । अदालतको फैसला भइसक्दा पनि आयोगले मेरिटमा भर्ना नगरे पछी , नेपाल मै गोविन्द केसी झैँ सेवा गर्छु भन्ने विद्यार्थीहरु आफु योग्य भए पनि बद्नियतको साथ भर्ना हुन बाध्य गराईएको र अपग्रेड नै हुन नदिएको कारण निकै निरास भएका छन् । आज शान्तीपुर्ण विरोधमा बसेका विद्यार्थी चिकित्सकहरुको १७ औं दिन हो ।
तर आज सम्म पनि गोविन्द के सी सर जस्ता अभियन्ता विद्यार्थीको कुरा सुन्न नआउनु एकदम दुखको कुरा हो ।
''सरले टिचिगंमा डिनको मेरिट मिचिदा अनसन वस्नु भयो , यहा आज उहाँकै त्याग तपस्याले वनेको आयोगले हजारौं डाक्टरहरुको मेरिट मिचेर भर्ना गराइरहदा सर मौन हुनुहुन्छ । “
सर मौन रहेकै कारण विद्यार्थीहरुको जायज मागमा अवसरवादी र माफियाहरुको आखाँ लाग्न थालेको छ।
आयोग र त्यसका पदाधिकारीहरुले भेट्न नचाहाने , भ्रम फैलाउने अन्तरवार्ता पहिले पनि आएका छन ।
विद्यार्थीको माग एउटै छ , योग्यताक्रमको आधारमा पढ्न देउ ।
आयोगको स्थापनामा विद्यार्थी जती खुसी कोही पनि छैनन् तर आयोगका पदाधिकारिहरुको गलत नियत र अदालतको अपहेलनाले उहाहरुको दक्षतामाथी ठुलै प्रश्न उब्जिएको छ ।
आयोगमा राजनितिक नियुक्ती नभएर दक्षताको आधारमा विज्ञहरुको पद नियुक्ती भएको भए , अझ विज्ञहरुले आयोग राम्रो बनाउनु हुन्थ्यो होला ।
आयोगले कार्यविधि पुर्याएर रितपुर्वक साझा प्रवेश परीक्षा सञ्चालन गरेको भए पनि सो कार्यविधि नै चिकित्सा ऐन को दफा १६ सगँ बाझिएको छ, जस्ले गर्दा आयोगले योग्यलाई स-शुल्क र तल्ला Rank का चिकित्सकलाई छात्रवृत्ती र बढी रुचाइएको विषय दिइ रहेको छ ।
विद्यार्थीहरुले गोविन्द के सीलाई एक तर्फको कुरा मात्र सुनेर बनाइएको आफ्नो धारणा नबनाइदिनुहुन र विद्यार्थीहरुको माग सुनिदिनुहुन अनुरोध गरेका छन्।
डा. विप्लब लामिछाने
आन्दोलनरत चिकित्सक