काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री बस्नेतलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन्।
२२ वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रुपमा प्रवेश गरेका थिए। २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए।
त्यतिबेला स्वास्थ्य मन्त्री भने सरदसिंह भण्डारी थिए। बस्नेत २०५८ साल कात्तिक २ गते स्वास्थ्य राज्यमन्त्रीका रुपमा मन्त्रालयमा प्रवेश गरेका थिए।