काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति दैलेखले महावु अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
इमरजेन्सी ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार भएको भन्दै संघले ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति जारी गरी दोषिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा (पहिलो) संशोधन ऐन २०७९ बमोजिम तत्काल कानुन कारबाही गर्न माग गरेको हो।
स्थानीय युवा प्रकाश खनालको नेतृत्वमा आएको समूहले वैशाख २२ गते डा आकाश कार्की, हेल्थ असिस्टेन्ट प्रेम परियार, अनमी रेजिना सिंह र अन्य स्वास्थ्यकर्मीहरुलाई अस्पताल परिसरमै अश्लिल गालीगलौज सहित ढुंगा मुडा गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरुले स्वास्थ्यकर्मीहरुलाई ज्यान धम्की दिएको र इमरजेन्सी वार्डमा ताला लगाई ड्युटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बन्धक समेत बनाएको संघले जनाएको छ। २४ घण्टाभित्र दोषि माथि कारबाही नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने संघले जनाएको छ।
नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव दीपकराज भट्टले दोषिलाई तत्काल कडा कारबाही गर्न माग गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको मसी सुक्न नपाउँदै स्वास्थ्यकर्मी माथि अर्को दुव्र्यवहारको घटना घटेको उनले बताए।
उनले भने, ‘यस्ता अमानवीय व्यवहारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोवद्ध वृद्धि हुने कार्य गर्न सरोकारवाला निकायसँग माग गर्दछु।’