काठमाडौं- प्रतिनिधि सभा सदस्य अनिता देवीले सेनिटरी प्याडमाथिको कर मिनाहा गर्न माग गरेकी छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवीले रातो कर माफ गर भन्दै सेनिटरी प्याडको मूल्य घटाउन माग गरिन्।
उनले भनिन,‘रातो कर माफ गर। सेनिटरी प्याडको मूल्य ५ देखि १० रुपैयाँ बढेको छ। सेनिटरी प्याड लक्जरी आइटम होइन। सबै महिलाको आधारभूत आवश्यकता हो।’
सांसद देवीले विश्वका धेरै देशहरुले सेनिटर प्याडलाई नि:शुल्क र करमुक्त बनाएको स्मरण गराइन्। उनले नेपालमा १३ प्रतिशत कर वृद्धि गर्दै सेनिटरी प्याडलाई लक्जरी आइटम बनाएको आरोप लगाइन्।
संविधानको धारा ३८(२) बमोजिम महिलाको अधिकार सुनिश्चित गर्न र मर्यादित महिनावारीको नीतिलाई व्यवहारमा ल्याउन उनले माग गरिन्।