काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन भएको छ।
आफ्नै घरमा लडेर सख्त घाईते भएका बरालको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
बराल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत थिए।
प्रतिष्ठानले बरालको निधनले अस्पताल तथा सिंगो प्रतिष्ठानलाई ठुलो क्षति भएको जनाएको छ।