काठमाडौं- आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्लाका तीन वटै गाउँपालिकामा प्रकृतिमैत्री नमुना गाउँ,शहर सचेतनात्मक कार्यक्रम सञ्चालन गरेको छ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाबाट सुरु गरेको कार्यक्रम भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी, आमा समूह, महिला स्वयंसेविका शिक्षक र विद्यार्थी गरि १५०० जनालाई सो कार्यक्रम मार्फत स्वस्थ जीवनशैली प्रति सचेत गराईएको थियो।
विद्यालय आयुर्वेद तथा योग शिक्षा पुथा उत्तरगंगाको महेन्द्र मावि, भूमे गाउँपालिकाको त्रिवेणी मावि, सिद्धिचौर मावि,श्री नमुना सामुदायिक अंग्रेजी बोर्डिंङ स्कुल र सिस्ने गाउँपालिकाको रुक्मेणी मा. वि. ,त्रिभुवन मा. वि.,कोट मा.वि. रुकुमकोट र जनता मा.वि. पोखरामा सन्चालन गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थी र शिक्षक गरि १ हजार जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षाको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईएको थियो।
रुकुम पूर्व जिल्लाका स्थानीय निकायमा आयुर्वेद स्वास्थ्य केन्द्र नभएको हुनाले जिल्लाका तिन वटै गाउँपलिकलाई समेटेर स्वस्थ सचेतनामुलक कार्यक्रम गरेको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख विष्णुहरि आचार्यले बताए।
त्यसै गरि रुकुम पुर्व जिल्लाको सदरमुकाम रुकुमकोट क्षिप्रि दहमा पाँच दिवसीय योग शिविर सम्पन्न भएको छ। पतंजली योग समिति रुकुम पूर्वको आयोजना सिस्ने गाउँपालिका र आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको समन्वयमा संचालन भएको शिविरको उत्घाटन जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ वहादुर श्रेष्ठले गरेका थिए।
शिविरमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण गरि ५०० जनाको उपस्थिति थियो। शिविरमा सैदान्तिक कक्षा आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख तथा योग अभियान्ता विष्णुहरि आचार्यले गराएका थिए भने प्रयोगात्मक अभ्यास पतंजली योग समिति नेपालका युवा संयोजक लोकनाथ खनालले गराएका थिए शिविरमा पतंजली योग समिति नेपाल लुम्बिनी प्रदेश प्रमुख प्रेम शाहा उप-प्रमुख धर्मराज पोख्रेल सचिव लक्ष्मण ज्ञवालीले सहजीकरण गरेका थिए।
५ दिनसम्म चलेको स्वस्थ जीवन तथा योग शिविर कार्यक्रमले आम नागरिकमा स्वास्थ्य सचेतना बढाएको सिस्ने गाउँपालिका प्रमुख कृष्ण रेग्मीले बताए। बैशाख ३१ गतेबाट सुरु भएको शिविर जेष्ठ ४ गते सम्पन्न भएको थियो।