काठमाडौं- सरकारले योग र ध्यान विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरि पठनपाठन घोषणा गरेको छ।
व्यक्तिको शारीरिक,मानसिक र वौदिक विकासमा सहयोग पुर्याउन योग र ध्यान विषयलाई विद्यामान तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरि पठनपाठन गर्ने व्यवस्था मिलाउने नीति लिईएको हो।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।