काठमाडौं - सरकारले संक्रामक रोगको न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संक्रामक रोग विरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम गर्ने उल्लेख गरे।
उनले भने, ‘संक्रामक रोग विरुद्धको अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’