काठमाडौं- सरकारले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको पहिचान र प्रारम्भिक उपचारलाई कार्यक्रमको रुपमा विस्तार गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
'महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शिघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रुपमा क्रमशः देशभर विस्तार गरिने छ,' नीति तथा कार्यक्रममा भनिएको छ।