काठमाडौं- सरकारले सातै प्रदेशका संघीय अस्पतालहरूमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गर्ने भएको छ।
साथै प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिने सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै सबै पालिकाका वडामा रहेका सुत्केरी केन्द्रहरूको स्तरोन्नुति गरिने उल्लेख छ।