काठमाडौं- विश्व फेमिली डाक्टर एशोसिएसनले विश्व फेमिली डाक्टर दिवस मनाएको छ। सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेमिली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।
नेपालमा पनी यो दिन फेमिली डाक्टर(जिपी) हरुले विभिन्न कार्यक्रम गरेर मनाउँछन्। त्यसै सन्दर्भ त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा जनरल प्राक्टिस एण्ड ईमरजेन्सी मेडिसिन एसोसिएसन अफ नेपालको नेतृत्वमा प्रभातफेरी तथा बहसको कार्यक्रम गरिएको जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन एसोसिएसन अफ नेपालका अध्यक्ष डा पुष्पमणि खरालले बताए।
नेपालमा करिब ५५० जना जिपी डाक्टरहरु उत्पादन भइसकेका छन। विश्व भरिको तथ्याङ्क हेर्ने हो भने जिपी चिकित्सकहरुले स्वास्थ्य सेवाको करिब ६० प्रतिशत योगदान गरेका हुन्छन्। प्राथमिक स्वास्थ्य सेवा जिपीले अगुवाइ गरेमा मात्र सर्वव्यापी स्वास्थ्य सेवा हासिल गर्न सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ।
नागरिकले बिरामी हुँदा सर्वप्रथम जिपी डाक्टरलाई देखाउन पर्ने र आवश्यक परेमा मात्र सम्प्रेषण गर्ने ब्यबस्था सुनिश्चितता गर्न सकिए मात्र स्वास्थ्य बिमा प्रभावकारी हुने र उपचार गर्दा हुने खर्च अत्यन्त न्युन हुने विभिन्न अध्ययनहरुले देखाएका छन्।