काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल नियुक्त भएका छन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।
खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ २ (१) बाट निर्वाचित भएका थिए।