काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाबाट २ करोड ८८ पटक सेवा प्रवाह भएको छ। सरकारी र निजी स्वास्थ्य संस्थाका अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा गरी २ करोड ८८ पटक सेवा प्रवाह भएको हो।
आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सेवा लिने मध्य बहिरङ्ग सेवा सबैभन्दा बढीले लिएका छन्। कुल सेवा लिने मध्य ९२.४ प्रतिशतले बहिरङ्ग सेवा, ४.८ ले आकस्मिक र २.८ प्रतिशतले अन्तरङ्ग सेवा लिएका छन्।
सङ्ख्याको हिसाबले हेर्दा बहिरङ्ग सेवा २ करोड ६६ लाख २६ हजारले लिएका छन्। यसै गरी १३ लाख ७७ हजार जनाले आकस्मिक सेवा र ७ लाख ९३ हजारले अन्तरङ्ग सेवा लिएका हुन्।