काठमाडौं- सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम निरन्तरता दिन ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेस गर्दै उक्त कुरा बताएका हुन्
'दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने भएको छ। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइनेछ,' उनले भने।
यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने उनले जनाए।