काठमाडौं - सरकारले विद्यालय तहका छालाहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको स्यानिटरी प्याड वितरणको कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रममा निरन्तरता दिने बताए।
यसका निम्ति १ अर्ब ४२ करोड बिनियोजन गरेको उनले संसदमा जानकारी गराए। यो कार्यक्रमबाट १० लाख छात्राहरु लाभान्वित हुने उनले बताए।