काठमाडौं - सरकारले पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारको कार्यक्रमलाई विस्तार गर्दै लैजाने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त विषय उल्लेख गरे। पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिने उनले बताए।
‘महिलाहरुमा देखिने पाठेघरको मुखको र स्तन क्यान्सरको निःशुल्क शिघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमश विस्तार गरिनेछ।’ उनले भने, ‘पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिनेछ।’