काठमाडौं- सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण कार्यका लागि आठ अर्ब बजेट विनियोजन गरिएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
'बहुसङ्ख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने छ। हाल ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शय्याका अस्पताल निर्माण कार्यका लागि आठ अर्ब विनियोजन गरिएको छ,' उनले भने।