काठमाडौं - सरकारले मानसिक अस्पताल पाटनको क्षमता विस्तार गर्ने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो विषय उल्लेख गरे। उनले सबै संघीय अस्पतालमा मानसिक रोगको लागि अन्तरङ्ग सेवा सञ्चालन गरिने बताए।
‘मानसिक रोग अस्पताल पाटनको क्षमता विस्तार गरिनेछ। सबै संघीय अस्पतालमा मानसिक रोगको लागि अन्तरङ्ग सेवा सञ्चालन गरिनेछ।’ उनले भने।