काठमाडौं– सरकारले सरकारी छात्रवृत्तिमा एमडी/एमएस गरेका विद्यार्थीले काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गर्ने जनाएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ‘सरकारी छात्रवृत्तिमा एमडी/एमएस गरेका विद्यार्थीले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिने बताए।
‘सरकारी छात्रवृत्तिमा एमडी/एमएस गरेका विद्यार्थीले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिने छ’ उनले भने।