काठमाडौं - सरकारले संघीय अस्पतालमा रहेका प्रयोगशालाको स्तरोन्नति गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत प्रयोगशालालाई उपकरण, परीक्षण कीट, केमिकल, रिएजेन्ट लगायत सामग्री खरिद गर्न बजेट छुट्याएको बताए।
उनले भने, संघीय अस्पतालमा रहेका जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिनेछ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका प्रयोगशालालाई उपकरण, परीक्षण कीट, केमिकल, रिएजेन्ट लगायत सामग्री खरिद गर्न बजेट छुट्याएको छु।