काठमाडौं- सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामिण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस कार्यक्रम अन्तर्गत विपन्न महिला लक्षित जीविकोपार्जन सुधार र उद्यमशीलता विकासका लागि प्राविधिक सहयोग लगायतका कार्यक्रमलाई निरन्तरता दिएको बताए।