काठमाडौं- सरकारले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको छ।
सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए। यस कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने उनले बतए।