काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा निर्देशक परिवर्तन गरिएको छ। अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारीले जिम्मेवारी पाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै प्रसूति गृहमा डा अधिकारीलाई नियुक्त गरेका हुन्।
यसअघि अस्पतालको निर्देशकमा डा पवनजंग रायमाझी थिए।