काठमाडौं- दादुराको संक्रमण बढेसंगै गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ स्थित ज्योभो कदम्पा स्कुलमा खोप अभियान सुरु भएको छ।
सोमबार गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल आफै गएर खोप अभियान सुरु गरेका हुन्। सो स्कुलमा हालसम्म ४ जना बालबालिकालाई दादुरा पुष्टि भएको छ।
साथै ६२ जनामा दादुराको लक्षण देखा परेपछि ५६० जना विद्यार्थी रहेको उक्त स्कुलमा दादुरा विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको हो।
कसैलाई दादुरा सम्बन्धी समस्या परेमा नगरपालिका र नगर स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन्।
यो पनि
काठमाडौंमा दादुरा पुष्टि, गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा देखियो