काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको गंगालालले जनाएको छ।
राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार अस्पताल पुगेका थिए। चिकित्सकले उनलाई २४ घण्टा अस्पतालमा राख्नुपर्ने बताएपछि उनी भर्ना भएका थिए।