काठमाडौं- काठमाडौंको इशान बाल तथा महिला अस्पतालले निःशुल्क आँखा शिविर संचालन गरेको छ। अस्पतालको आँखा विभागले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
उक्त शिविरमा २०१ जनाको आँखाको परीक्षण गराईएको थियो भने १८० जनालाई औषधि वितरण गरिएको थियो।अस्पतालका कार्यकारी निर्देशक डा रामनन्द चौधरीका अनुसार आँखा परीक्षण गराइएकामध्ये ५० जना बिरामीमा दृष्टि दोष देखिएकोल सहुलियत दरमा चस्मा प्रदान गरिएको थियो।
शिविरमा अस्पतालका दृष्टि विशेषज्ञहरु किरण ठाकुर र प्रजीता खड्काले सेवा प्रदान गरेका थिए अस्पतालका जनरल म्यानेजर भक्तबहादुर शाहिका अनुसार अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार सामाजिक उत्तरदायित्व अनुसार निःशुल्क शिविर सञ्चालन गर्ने छ।