काठमाडौं - नेपाल नर्सिङ परिषदकी रजिष्ट्रार शुक्ला खनालले नर्सिङ पेशामा कुनै पनि किसिमको बेथिति हुन नदिने बताएकी छिन्। शुक्रबार रजिष्ट्रारको पदबहाली गर्दै खनालले नर्सिङ पेशाको गुणस्तरलाई नियन्त्रण गर्दै बेथिति हुन नदिने बताएकी हुन्।
उनले भनिन्, ‘म भर्खरै पदबहाली गर्दैछु। अहिले नै धेरै काम गर्छु भन्दिन तर भइरहेका सिस्टमलाई सुधार्ने, बेथिति हुन नदिन र नर्सिङ पेशाको गुणस्तर नियन्त्रणमा काम गर्छु।’
गत मंगलबारको मन्त्रिपरिषदले निर्णय गर्दै खनाललाई तीन वर्षको लागि परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो। उनले निजामति कर्मचारी (सिभिल) र वीर अस्पतालमा लामो समय काम गरेकी छिन्। यसअघि परिषदको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजाति थिइन्।