काठमाडौं - नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले देवराज लामिछाने माथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ।
समाजले प्रेस विज्ञप्ति जारी गरी शिवघाट आयुर्वेद औषालय भरतपुर चितवनमा कार्यरत लामिछाने माथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको हो। ३१ गते केही व्यक्ति कार्यकक्षभित्र पसेर सुनियोजित तरिकाले उनी माथि दुव्र्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले स्वास्थ्यकर्मीहरु ढुक्कसँग काम गर्ने वातावरण मिलाउन पनि सरोकारवाला सबै निकायसँग आग्रह गरेका छन्।