काठमाडौ- इशान बाल अस्पताले निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरेको छ। अस्पालको आँखा तथा दन्त विभागद्वारा आयोजित एकदिने शिविरमा २२५ जना आँखाका बिरामीले सेवा पाएका छन्।
१२५ जनालाई निःशुल्क औषधि तथा २५ जनालाई चस्मा वितरण गरिएको छ। यसैगरी ४८ जना बिरामीले दन्त सेवा लिएका थिए।
अस्पतालका कार्यकारी निर्देशक रामनन्दन प्रसाद चौधरीका अनुसार अस्पतालले अन्य विभागको समन्वयमा यस्ता कार्यक्रम संचालन गर्नेछ।