काठमाडौं- औषधि व्यवस्था विभागले अत्यावश्यकीय जीवनरक्षक औषधिको मौज्जाद विवरण पठाउन आयातकर्ता तथा स्वदेशी उत्पादकहरुलाई निर्देशन दिएको छ।
वर्षायामसँगै फैलिने रोग र आपूर्ति शृङखलामा उत्पन्न हुन सक्ने अवरोधका कारण उपचारमा प्रयोग हुने औषधिहरुको बजार उपलब्धता सुनिश्चितता गर्न, पर्यात्प मौज्जाद कायम राख्न तथा सम्भावित दुर्घटना हुन नदिन समयमै तयारी अवस्थामा रहन विभागले सो विवरण संकलन गर्न लागेको जनाएको छ।
आयातकर्ता तथा उत्पादककर्ताले विभागले तयार पारेको गुगल अनलाइन फर्म मार्फत यही असार २२ गतेभिब अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउनुपर्नेछ। यसपछि सोही माध्यमबाट हरेक महिनाको अन्तिम शुक्रबारसम्म उक्त विवरण अद्यावधिक गराउनुपर्नेछ।
हेर्नुहोस विभागले जारी गरेको सूचना: