काठमाडौं- नेपाल चिकित्सक संघ जुनियर डक्टर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ। डा विक्रान्त ढकालको संयोजकत्वमा २० सदस्यीय कमिटी चयन गरिएको हो।
कमिटीको सह-संयोजकमा डा तेज्सु मल्ल चयन भएका छन् भने उप-संयोजकमा डा मनिष थापा चयन भएका छन्।
यस्तै कमिटीको सदस्यसचिवमा डा विकास सिटौला चयन भएका छन्। यसैगरी कमिटीको संरक्षकमा संघका अध्यक्ष डा अनिल कार्की र सहसंरक्षकमा डा सञ्जिब तिवारीचयन भएका छन्। कमिटीको संस्थापक संयोजक डा लोचन कार्कीको समेत उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको हो।
जुनियर डाक्टरहरुको हकहितको लागि कमिटीले काम गर्ने संयोजक ढकालले बताए। 'जुनियर डाक्टरहरुका विभिन्न समस्याहरु छन्, ती समस्याहरुलाई सम्बोधनका लागि यो कमिटीले काम गर्नेछ' डा ढकालले भने।
जुनियर डक्टर कमिटीमा चिकित्सक संघको कार्यसमितिबाट नै संयोजक तोक्ने व्यवस्था छ।