काठमाडौं-अभिनेत्री केकी अधिकारीले फिल्मकाे याेजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको बताएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ। सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं।’
बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन्।