काठमाडौं- नेपाल चिकित्सक संघले बागमती प्रदेशमा स्वास्थ्यकर्मी तथा चिकित्सकको बढुवामा त्रुटि भएको भन्दै सच्याउन माग गरेको छ।
संघले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बढुवा सिफारिस समितिको सचिवालयबाट प्रकाशित नामावलिमा ज.हे.स. समुह बाहेकका हेल्थ इन्स्पेक्सन र एकिकृत चिकित्सा समुहबाट नियम विपरित बदुवा गरिएकोप्रतिगम्भीर ध्यानाकर्षण भएको भन्दै सच्याउन माग गरेको छ।
गत वैशाख ११ गते प्रदेश लोक सेवा, बागमती प्रदेश, हेटौडाबाट प्रकाशित कार्यक्षमताको मूल्यांकनबाट हुने बढुवाको लागि ज.हे.स. समूहमा ११औ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चार (४) जना माग भएको र मिति २०८०–०३–२२ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयको बढुवा सिफारिस समितिको सचिवालयबाट प्रकाशित नामावलिमा ज.हे.स. समुह बाहेकका हेल्थ इन्स्पेक्सन र एकिकृत चिकित्सा समुहबाट नियम विपरित बदुवा गरिएका थियो।
विशेषज्ञ पदमा सम्बन्धित सेवाभीत्रको समूह र उपसमूहको कर्मचारी मात्र सम्भाव्य उम्मेदवार हुने उल्लेख भएकोमा सो विपरीत विज्ञापन गरि परिणाम नै सार्वजनिक गरिनु न्यायोचित नभएको भन्दै संघले नियमानुसार परिमार्जन गरी पुनः प्रकाशित गर्न माग गरेको छ।