काठमाडौं- कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।
डा सिलवाल दन्तरोग विशेषज्ञ हुन्। उनी विगत २० वर्षदेखि विराटनगरमा दन्त चिकित्सामा सक्रिय छन्।
डा सिलवाल नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष समेत हुन्।
यो पनि :
विराटनगरमा २० वर्षदेखि दन्त चिकित्सा सेवामा रमाइरहेका डा फरवार्ड