काठमाडौं- सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा एक जना सदस्य मनोनित गरेको छ। समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मुटुरोग विशेषज्ञ डा रवि मल्ललाई सदस्यमा मनोनित गरेका हुन्।
मन्त्री बस्नेतले रिक्त रहेको एक सदस्य पदमा अस्पतालमा नै कार्यरत मुटुरोग विशेषज्ञ डा मल्ललाई सदस्यमा नियुक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
सदस्यको पदावधी चार वर्षको हुनेछ।