काठमाडौं—धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगु क्लिनिक संचालनमा ल्याएको छ।
२९ असारदेखि प्रतिष्ठानले जिओपीडी भवन अगाडि छुट्टैं डेंगी क्लिनिक सुरु गरेको हो।
सुनसरीका धरान र अन्य वरपरका जिल्लाहरुमा डेंगीको संक्रमण तीब्र बनेसँगै सर्वसाधारणका लागि सहज रुपमा सेवा उपलब्ध गराउन धरान उपमहानरपालिकासँगको सहकार्यमा डेंगी क्लिनिक संचालनमा ल्याइएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।