काठमाडौं- विभिन्न विद्यार्थी संगठनले शिक्षामन्त्री अशोक कुमार राईलाई भेटेर १८ बुँदे मागपत्र बुझाएका छन्।
मागपत्रमा नेपालको संविधानले मौलिक अधिकारको रुपमा सुनिस्चित गरेको विद्यालय शिक्षा र उच्च शिक्षालाई वर्तमान सन्दर्भमा विश्वव्यापीरुपमा प्रतिस्पर्धा गर्न सक्ने सर्वसुलव, गुणस्तरीय र रोजगारमुलक बनाउन विद्यमान शिक्षा प्रणालीमा सुधार गर्न उनीहरुले माग गरेका छन्।
यसैगरी मागपत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले गरेको शुल्क वृद्धि तत्काल खारेज गर्नुपर्ने, एमबीबीएस र बिडीएसका विद्यार्थीहरुलाई मौका परीक्षा वा क्याम्पसले लिएको शुल्क फिर्तामध्ये कुनै एक बिकल्प दिन माग गरिएको छ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगाएतले मागत्र बुझाएका हु्न्।
हेरौं विद्यार्थी संगगठनले बुझाएको मागपत्र