जनस्वास्थ्य भन्नाले सबै जनताको स्वास्थ्य अवस्था माथि उकास्नका लागि अध्ययन गरिने विज्ञान हो। जस्तै समुदायमा धेरै मानिसहरु हुन्छन् जो रोगी हुँदैनन् उनीहरुको स्वास्थ्य प्रवद्धर्नका लागि कुनै पनि प्रकारको रोकथाम अपनाइएन भने उनीहरुलाई कुनै प्रकारको स्वास्थ्य समस्या हुन्छ वा रोगी हुन्छ त्यसपछि मात्र उपचारको लागि उ अस्पताल वा स्वास्थ्य सस्थामा जान्छ र उसले आफ्नो स्वास्थ्य राम्रो बनाउनको लागि उपचार गराउछ भने चिकित्साले कुनै पनि बिरामीको मात्र अध्यन गर्दछ यसले धेरै मानिस (रोग नलागेका जनता) को स्वास्थ्यको कुरा गर्दैन।
यदि यसो हो भने सरकारले किन रोगीलाई मात्र अस्पताल बनाउछ त? संसारका धेरै विकसित राष्ट्रहरुले जनस्वास्थ्यलाई धेरै लगानी र प्राथमिकता दिन्छन् फलस्वरुप ति विकसित राष्ट्रका मानिसहरुमा तलका अवस्थाहरु कम हुन्छन जस्तै मातृ मृत्युदर एकदम कम हुन्छ जस्तै जर्मनी, जापान र नेदरल्याण्ड मा ४ प्रति लाख छ भने नेपालको २०२१ को जनगणना अनुसार १५५ प्रति लाख छ। नवजात शिशु मृत्यु दर पनि एकदम कम हुन्छ
रोग लागेका मानिसहरुको सङ्ख्या कम हुन्छ खानपिनकोको गुणस्तर हुन्छ।
हाम्रोजस्तो विकाशिल राष्ट्रहरुले समुदायका मानिसहरुको स्वास्थ्य वा जनस्वास्थ्यलाई कुनै पनि प्रकारको प्राथमिकता दिँदैनन जसको फलस्वरुप मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, रोग लागेका मानिसहरुको सङ्ख्या एकदम धेरै हुन्छ भने खानपिनको गुणस्तर चेकजाँच हुँदैन। रोगको भार धेरै हुन्छ र अस्पताल र स्वास्थ्यकर्मीको मात्र आवश्यकता महसुस हुन्छ भने जनस्वास्थ्यकर्मीहरुको आवश्यकता महसुस हुँदैन।
हुन त नेपालले पनि एसडीजी २०३० सम्मको लागि एकदम महत्वकांक्षी लक्ष्यहरु राखेपनि त्यो प्राप्तिका लागि धेरै कुराको आवश्यकता पर्दछ जसमा स्वास्थ्यको सम्पूर्ण लक्ष्यहरु पूरा गर्न अस्पताल र स्वास्थ्यकर्मीहरु मात्र भएर हुँदैन त्यसका लागि जनस्वास्थ्यमा लगानी तथा जनस्वास्थ्यकर्मीको पनि आवश्यकता हुन्छ।
जनस्वास्थ्यकर्मीले के-के काम गर्छन् त?
जनस्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धी कुनैपनि विषयमा तलका ५ वटा कामहरु गर्छन
स्वास्थ्य प्रवर्द्धन:- स्वास्थ्यसम्बन्धी राम्रा कुराहरुलाई प्रवर्द्धन गर्ने
स्वास्थ्य रोकथाम:- स्वास्थ्य सम्बन्धी नराम्रा कुराहरुलाई रोकथाम गर्ने
रोग प्रतिरक्षा :- खोप सुनिश्चितता गर्ने
महामारी तथा रोग नियन्त्रण :- महामारीलाई नियन्त्रण गर्न प्रोत्साहन गर्ने
जनस्वास्थ्यकर्मीहरुले अहिले कहाँ-कहाँ र के-के काम गर्दै छन् त?
नेपालको स्वास्थ्य प्रणालीमा पक्का जनस्वास्थ्यकर्मीहरु सातौं तहमात्र लोकसेवाले लिने भएकाले उनीहरुको दरबन्दी नगरपालिका प्रमुख र त्यो भन्दा माथि मात्र छ भने नेपालमा सबैभन्दा धेरै स्थानीय तह गाँउपालिका (४६० ) रहेका छन् जसमा जुनियर जनस्वास्थ्यकर्मीहरु पालिका प्रमुख भएर चलाइरहेका छन्। जसलेगर्दा जनस्वास्थ्यका कुनै पनि कार्यक्रमहरु सोचेजस्तो सफल हुन सकेका छैनन् र स्वास्थ्यकर्मीहरुको उचित तरिकाले व्यवस्थापन हुन सकेको छैन। नगरपालिकामा वा सो भन्दा माथि जनस्वास्थ्यकर्मीहरुले नीति, योजना बनाउने, स्वास्थकर्मीहरुको उचित व्यवस्थापन गर्ने, स्वास्थको बजेट बनाउने, नगरपालिकाको स्वास्थ्य आवश्यकता अनुसारको सेवा प्रदान गर्ने, नगरपालिका भित्र विभिन्न प्रकारका कार्यक्रमहरु चलाउने, स्वास्थ्यकर्मीहरुलाई तालिम उपलब्ध गराउने, महामारी नियन्त्रण गर्ने र प्रादेशिक, संघीय कार्यक्रमलाई स्थानीय तहमा लागु गर्ने आदि काम गर्दै आउनु भएको छ भने देशको सबैभन्दा धेरै स्थानीय तह रहेको गाउपालिका (४६० ) मा पक्का जनस्वास्थ्यकर्मीहरु नहुदा भने सोचेजस्तो परिणाम पाउन नसकेको अवस्था छ।
जनस्वास्थ्यकर्मीहरुले अहिले कहाँ-कहाँ र के-के काम गर्न सक्छन्?
जनस्वास्थ्यकर्मीहरुले अहिले स्वास्थ्य मन्त्रालयदेखि प्रत्येक स्थानीय तह सम्म
समुदायका मानिसहरुको दैनिक जीवनयापनले स्वास्थमा पार्ने असरहरुको जानकारी दिने
समुदायका मानिसहरुको स्वास्थ्य प्रवर्द्धनका लागि वकालत गर्ने तथा स्वास्थ्य प्रवर्द्धन गर्ने
समुदायका मानिसहरुलाई रोगविरुदको प्रतिरक्षा सुरक्षित गर्ने
आवश्यक स्वास्थ्य संरचना तयार गर्ने
आवश्यक स्वास्थ्य नीति, नियम, रणनीतिहरुको तर्जुमा गर्ने
आवश्यक स्वास्थ्यसमबन्धी योजना बनाई लागू गर्ने
खाध सुरक्षा सुनिश्चितता गर्ने
लागूऔषध नियन्त्रण तथा प्रयोग सम्बन्धी आवश्यक स्वास्थ्य नीति, नियम, रणनीतिहरुको तर्जुमा गर्ने
स्वास्थ्यकर्मीहरुलाई तालिम उपलब्ध गराउने
महामारी तथा प्राकृतिक प्रकोपको तयारी गर्नु वा नियन्त्रण गर्नु
जनतालाई आधारभूत स्वास्थ सेवाको सुनिश्चितता गर्ने
स्वास्थसम्बन्धी अनुसन्धान गर्ने
विद्यालयमा स्वास्थ्य सुधारको लागि पहल तथा प्रवर्द्धन गर्ने
पोषणसम्बन्धी योजना बनाई लागू गर्ने
स्वास्थसम्बन्धी तथ्यांकहरुको प्रयोग तथा विश्लेषण गर्ने आदि धेरै कामहरु गर्न सकिन्छ।
आधुनिक चिकित्साको अवस्था के छ त?
नेपालमा आधुनिक चिकित्सा व्यापकरुपमा विकास भएको पाइन्छ। नेपालको स्वास्थ प्रणालीमा आधुनिक चिकित्साको चौथो, पाचौं, छैटौं, सातौं, आठौं, नवौ र यसमाथि तह हुने भएकाले उनीहरुको दरबन्दी स्वास्थ्य चौकी,स्थानीय अस्पताल,जिल्ला अस्पताल, प्रादेशिक अस्पतालदेखि मन्त्रालय सम्म सबै ठाउँमा छ।
आधुनिक चिकित्सा र जनस्वास्थ्यमा नेपालमा कुन कुन विषयहरु पढाई हुन्छन्?
जनस्वास्थ्य
बीपीएच,एमपीएच, एमएस्सी पब्लिक हेल्थ, एमपीएच न्युटेसन, एमपीएच हेल्थ सर्भीस म्यानेजमेन्ट, एमपीएच हेल्थ सर्भीस एजुकेशन एण्ड प्रमोशन लगाएतका कोर्षहरुको पढाई हुन्छ !
आधुनिक चिकित्सा
सिएमए, एएनएम, ल्याब असिष्टेन्ट अहिले पढाई हुँदैन तर स्वास्थ प्रणालीमा सबै भन्दा धेरै भएका विषाय हुन्। यसैगरी एचए, स्टाफ नर्स, ल्याब टेक्निसिएन, रेडियोग्राफर, डेन्टल, फार्मेसी, एमबीबिएस, बिडीएस, बीएमएलटी, बी फार्मा, बीएनएस, बिएस्सी नर्सिङ, मिडवाइफ्री, एमएस्सी नर्सिङ, एमएन, एमडीएमएस लगाएतका विषयमा पढाइ हुन्छ।