काठमाडौं- सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित सामुदायिक स्तरबाट संचालित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।
समाजसेवी तथा नेको इन्सुरेन्सका सिईओ अशोक कुमार खड्काले नेको इन्सुरेन्सबाट संस्थागत ११ लाख र व्यक्तिगत ७ लाख गरि १८ लाख सहयोग गरेका छन्।
स्थानीय जग्गा दाताको जग्गा सहयोग र भारत सरकार आर्थिक सहयोगमा बिस २०६४ देखि निर्माण सुरु भई बिस २०७० अघि निर्माण संम्पन्न भएर आवश्यक उपकरणहरु समेत हुँदा हुँदै पनि संचालन खर्चको अभाव तथा व्यवस्थापन हुन् नसकिरहेको अस्थामा खड्काले उक्त सहयोग गरेका हुन्।