काठमाडौं– सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल चयन भएका छन्। बुधबार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुदीप पौडेल, उपाध्यक्षमा शेरबहादुर बिसी, महासचिवमा विवेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी र सहकोषाध्यक्षमा जीवनाथ सापकोटा चयन भएका छन्।
अध्यक्षमा निर्वाचित भएसँगै मल्लले अस्पतालको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए।