काठमाडौं- नेपाल प्रजातान्त्रिक फार्मेसी संघले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल समक्ष दुई बुँदे माग राखेका छन्। संघका तर्फबाट गएको टोलीले महानिर्देशक ढकाललाई बधाईं दिँदै दुई बुँदे माग राखेका हुन्।
संघका कार्यबहाक सभापति सुदिपराज सुवेदीको नेतृत्वमा गएको टोलीले औषधि ऐनलाई समयानुकुल परिमार्जन गरी हेल्थ टेक्नोलोजी प्रोडक्ट रेगुलेसन २०७४ ले सम्बोधन गरेको विषयलाई समावेश गराउने र औषधि व्यवस्था विभागका साथै औषधि प्रयोगशालाको संघीय संरचना सातै प्रदेशमा यथासीघ्र विस्तार हुनुपर्ने माग राखेका हुन्।
सो क्रममा राष्ट्रिय युवा परिषदका नवनियुक्त कार्यकारी बोर्ड सदस्य विनोद शाही ठकुरीलाई बधाई दिएका छन्।