काठमाडौं– नेपाल फार्मेसी परिषद्को नाम र छापको अनाधिकारिक रुपमा प्रयोग गरिएको प्रति परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ।
परिषद्को नाम दर्ता प्रमाणपत्र तयारी कक्षा सञ्चालन सम्बन्धमा समाजिक सञ्जालमा विभिन्न समूहले अनाधिकारिक रुपमा परिषद्को नाम र छापको प्रयोग गरेको भन्दै परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुनै पनि व्यक्ति वा संस्थाद्धारा परिषद्को नाम र छाप प्रयोग गरिनु कानुन विपरितको गतिविधि भएको परिषद्ले जनाएको छ।
परिषद्ले यस्तो गतिविधि गर्नेलाई परिषद्को नाम र छापको प्रयोग नगर्न निर्देशन दिएको छ। यदी परिषद्को नाम र छापको प्रयोग गरेमा कानुन अनुसार कारवाही हुने परिषद्ले जनाएको छ।