मनहरी- जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन्।
राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए।
विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन्। च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले भरतपुर पठाइएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताए। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।