काठमाडौ- नेशनल क्यान्सर अस्पतालले अबदेखि एक्स सर्भिसमेन कन्टिब्यु हेल्थ स्किम (इसीएचएस) सेवा सुरु गरेको छ। अस्पतालका प्रबन्ध निर्देशक श्यामकृष्ण जोशी र इसीएचएसका प्रतिनिधिबीच सो सम्झौता भएको हो।
सम्झौताअनुसार पूर्व भारतीय सैनिक र उनीहरुका परिवारले नेसनल क्यान्सर अस्पतालमा उपचार गर्दा कुनै शुल्क बुझाउनु पर्नेछैन। अस्पतालका डाइरेक्टर डा रश्मी पुनका अनुसार रोगको अनुसन्धानदेखि उपचारसम्मको सम्पूर्ण खर्च अस्पतालले इसीएचएसमार्फत प्राप्त गर्नेछ।
अस्पतालका संचालक माया न्यौपानेका अनुसार केही प्राविधिक कामहरु समापन गरेपश्चात सो सेवा सहज रुपमा संचालन हुनेछ।