काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले चीनको पिपुल्स हस्पिटलको भ्रमण गरेका छन्।
केही दिनदेखि चीन भ्रमणमा रहेको उपराष्ट्रपति नेतृत्वको नेपाली टोलीले चीनको कुन्मीङमा रहेको तीन हजार शय्याको पिपुल्स हस्पिटलको अवलोकन भ्रमण गरेको हो।
भ्रमणका क्रममा नेपाली प्रतिनिधि र पिपुल्स हस्पिटलका प्रतिनिधिबीच विद्यार्थी एक्स्चेन्ज गर्नुका साथै महामारीको समयमा स्वास्थ्य शिविर संचालन गर्नेसम्बन्धी छलफल भएको उपराष्ट्रपतिका निजि चिकित्सक डा शिवजी सिलवालले जानकारी दिए।
उक्त हस्पिटलले भारत,भियतनाम तथा लाओसमा चिकित्सा क्षेत्रका विद्यार्थी एक्स्जेन्ज तथा विभिन्न स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ।