काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक र स्नातकोत्तर तहका लागि इजिप्ट सरकारबाट प्राप्त छात्रवृत्ति अध्ययनका लागि पाँच जनालाई सिफारिस गरेको छ। आयोगले एमबीबीएसमा एक जना र एमडी/एमएसमा ४ जना गरी पाँच जनालाई सिफारिस गरेको हो।
आयोगले योग्य उम्मेदवारको भौतिक उपस्थितिमा भएको म्याचिङ कार्यक्रमबाट पाँच जनालाई सिफारिस गरेको हो।
सिफारिसमा पर्नेहरुमा एमबीबीएस तर्फ सुमित साह र एमडी/एमएस तर्फ विजय बस्नेत, मुक्लेस कुमार माधवी, राकेश कुमार राउत र राजेन्द्र कुमार यादव रहेका छन्।