काठमाडौं- सरकारले काभ्रेको धुलिखेल अस्पताल सुधारका लागि जापान सरकारबाट सहयोग लिने निर्णय गरेको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने सहयोग लिने निर्णय गरेको छ।
बैठकले जापानी येन ३ अर्ब २९ करोड ६० लाख (नेपाली रुपैयाँ ३ अर्ब १४ करोड ६२ लाख ४३ हजार) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।